२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

हलगोरु पाल्ने ४६ कृषकलाई जनही सात हजार अनुदान

Nada
२०८३ असोज २९ गते १३:०६
Shares
हलगोरु पाल्ने ४६ कृषकलाई जनही सात हजार अनुदान

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । 

ncell

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।

हलगोरु पालनपोषण अनुदान वितरण कार्यक्रमअन्तर्गत कृषकलाई रु तीन लाख २२ हजार वितरण गरिएको वडाध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।  

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रमा हलगोरुको महत्त्व अझै सान्दर्भिक रहेकाले हलगोरु पालनका लागि प्रोत्साहन गरिएको हो ।  

खेतबारी जोत्नेदेखि परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिनसम्म हलगोरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

हलगोरु पालनपोषण गर्ने परम्परागत संस्कृतिको संरक्षण तथा कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । 

बढ्दो लागत र पशुपालनमा देखिएका चुनौतीकाबीच उक्त सहयोगले कृषकलाई हलगोरु पाल्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।  

गाउँपालिकाको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षण, स्थानीय कृषि संस्कृतिको निरन्तरता तथा कृषकको मनोबल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

वडाध्यक्ष गुरुङका अनुसार हलगोरु पाल्ने कृषकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण कृषि जीवनशैलीसँग जोडिएको परम्परालाई जोगाउन सहयोग पुर्‍याउनेछ ।

ताजा खबर

सम्बन्धित खबर