२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रानीपोखरीमा पुरुषको शव फेला

Nada
२०८३ असोज २९ गते १४:४८
Shares
रानीपोखरीमा पुरुषको शव फेला

काठमाडौँ : काठमाडौँको रानीपोखरीमा एक जना पुरुषको शव भेटिएको छ ।

ncell

बुधबार साँझ साढे ७ बजेतिर करिब ३५–४० वर्षका पुरुष रानीपोखरीभित्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताएका छन्  । 

उनको पहिचान खुलेको छैन । रानीपोखरीको किनारामा उनको कपडा भेटिए पनि त्यसमा परिचय खुल्ने कुनै कागजात नभेटिएको एसपी थापाले बताए ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर