२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

परराष्ट्रमन्त्री खनाल र नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच शिष्टाचार भेटवार्ता

Nada
२०८३ असोज २९ गते १७:२७
Shares
परराष्ट्रमन्त्री खनाल र नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

ncell

मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकी राजदूत लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर