२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

Nada
२०८३ असोज २९ गते १८:३६
Shares
दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।

ncell

मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।

आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय विदाका दिन पनि बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुला रहने प्रवक्ता डा. टीकाराम पोखरेलले बताएका छन् । उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।

ताजा खबर

सम्बन्धित खबर