२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

देशभर ट्रमा सेन्टर विस्तार र पुनर्स्थापना केन्द्र स्थापना गर्ने सरकारको तयारी

Nada
२०८३ असोज ३० गते १८:२५
Shares
देशभर ट्रमा सेन्टर विस्तार र पुनर्स्थापना केन्द्र स्थापना गर्ने सरकारको तयारी

काठमाडौँ : सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशभर ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्काउन पुनर्स्थापना केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ ।

ncell

ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजधानीमा मात्र केन्द्रित आकस्मिक उपचार सेवालाई देशका विभिन्न भूभागसम्म विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन् । दुर्घटनामा घाइते भएकाको जीवन बचाउनुका साथै उपचारपछि पुनर्स्थापनाको व्यवस्था मिलाउन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री मेहताले सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार र शीघ्र अस्पताल पुर्‍याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । गम्भीर घाइतेको उपचारमा केही मिनेटको ढिलाइले समेत जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्ने उनको भनाइ थियो ।

उनले एम्बुलेन्स सेवा सुदृढीकरण, स्वास्थ्य संस्थाबीच समन्वय, दक्ष जनशक्ति तथा आवश्यक उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्ने बताइन् । साथै, सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट र सिट बेल्टको प्रयोग तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रणमा जनचेतना आवश्यक रहेको उल्लेख गरिन् ।

मन्त्री मेहताले समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार गर्दै गम्भीर चोटपटकबाट प्रभावित व्यक्तिलाई पुन: दैनिक जीवनमा फर्काउन पुनर्स्थापना सेवा विकास गर्नुपर्नेमा जोड दिइन् ।

ताजा खबर

सम्बन्धित खबर