२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा-भैँसी नियन्त्रणमा

Nada
२०८३ मंसिर ९ गते १६:१४
Shares
भारत तस्करी हुँदै गरेका १५ वटा राँगा-भैँसी नियन्त्रणमा

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ बाट भारततर्फ अवैध रूपमा लैजान लागिएका १५ वटा राँगा–भैँसी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले बुधबार ती पशु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नियन्त्रणमा लिइएका राँगा–भैँसीको मूल्य १ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएका पशु कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर