२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आक्रोशित प्रचण्ड, सरकारमाथि खबरदारी

ADV
अस्मिता बम
२०८१ भदौ १२ गते ०६:४५
आक्रोशित प्रचण्ड, सरकारमाथि खबरदारी

काठमाडौं : विगत साढे दुई महिनादेखि प्रमुख प्रतिपक्षीय भूमिकामा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरे । प्रतिपक्षी दलका नेताको हैसियतमा बोलेका उनले सरकारमाथि प्रश्नमाथि प्रश्न गरे । 

प्रचण्ड नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेस र नेकपा एमालेले थत गत असार २८ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएका थिए । त्यसपछि प्रमुख प्रतिपक्षीय भूमिकामा पुगेका प्रचण्डले नयाँ सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा रहेको भएता पनि नबोली रहन नसकेको बताए । 

प्रचण्डले आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिए । 

‘आमजनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ । यो संसदसहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौं । कांग्रेस र एमालेका साथीहरुलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, चरित्रसँग, व्यवहारसँग रिसाएको छ’ उनले भने ।

शान्ति प्रक्रियाको काम अगाडि बढाउन सरकारको भूमिका सकारात्मक रहेको भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको रोस्टमबाटै खुला प्रशंसा र समर्थन गरे । ४० मिनेट बोलेका उनले बाँकी समय सरकारको आलोचनामा खर्चिए । 

विश्वविद्यालयहरुमा सकारात्मक परिवर्तनका लागि अग्रसरता लिइएकोमा सरकारले भत्काउन खोजेको बताए । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने बताए । 

डेडिकटेड ट्रंकलाइन बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारीमाथि नकारात्मक ढंगले अगाडि बढेको भन्दै सरकारका लागि यही नै टेस्ट केस भएको बताए । 

विद्युत प्राधिकरणमा जे गर्न खोज्दै हो त्यसलाई रोक्न उनले भनेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकबाटै बाइस अर्ब भन्न थालेको उल्लेख गर्दै उनले भनेका छन्, ‘विद्युत प्राधिकरणको यही टेस्ट–केसले भन्छ, अब माफियाभन्दा जनता बलियो भइसकेको छ ।’

नक्क्ली भूटानी शरणार्थी काण्डलाई निष्कर्षमा पुर्‍याउन, इमान्दार प्रहरीलाई दण्डित नगर्न, विश्वविद्यालयमा मेरिटोक्रेसी नमिच्न, गिरीबन्धु लगायतका नीतिगत भ्रष्टाचारहरुमा रफु नभर्न उनको आग्रह छ ।

आफ्नो पार्टी अब सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने र कांग्रेस–एमालसँग सत्तामा हिस्सेदारी माग्न नआउने बताए । 

‘...फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुक्र्याउन नआइदिनुहोला’ प्रचण्डले भने । प्रचण्डले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्ने प्रयास गर्न पनि भनेका छन् ।

‘कांग्रेस र एमालेका केही साथीहरुले अझै पनि संविधान संशोधनको पत्ता फ्याँकिरहनु भएको छ । तपाईहरुलाई अनुरोध छ, राम्ररी गृहकार्य नगरी यो विषयमा जथाभावी नबोल्नुहोला’ प्रचण्डले भने ।

आफ्नो पार्टी संविधान संशोधनबाट पछाडि नहट्ने उनले बताए । 

‘जहाँसम्म हाम्रो कुरा छ, माओवादी केन्द्रको अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा तपाईहरुलाई बचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन’ उनले भने । 

संसदमा संविधानका एक एक बुँदा, एक एक धारा र एक एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार रहेको तर, उत्पीडित वर्ण, वर्ग र समुदायले वलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुःसाहस भए डटेर प्रतिवाद गर्ने बताए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise