– जगत थापा, बझाङ
१.
सुख शान्ति मनमा आनन्द के पाउनु हुन्छ ।
पोष्टर टाँस्नु हुन्छ आफन्त बोलाउनु हुन्छ ।
बा पैसा नभएकै कारण मरेका हुन भाई
मरेपछि पैसाको माला किन लगाउनु हुन्छ ।।
२
जहाँ सुनसान हुनेछ म मात्र बस्ने घर हुनेछ ।
त्यो दिन भने तिम्रो लागि एक अवसर हुनेछ ।
तिमीले सिउँदोमा अर्कैको सिन्दूर भरेपछि
म मर्नेछु र तिमीलाई खुशीको खबर हुनेछ ।।
३
म मर्दा बाटो भरि चक्काजाम हुनेछ ।
स्वच्छ वातावरण घाम नै घाम हुनेछ ।
ठुलै खुशीको खबर हुनेछ तिमीलाई
सबै रुनेछन् र मुखमा राम राम हुनेछ ।।
४
मैले अझै पनि न माया न ममता पाएको छु ।
जमीनमा मेरी आमाको फोटो सजाएको छु ।
मलाई संसार देखाएकै दिन संसार छोडेपछि
फोटो बनाई आमाको काखमा निदाएको छु ।।
५
आखिर उसलाई मेरो न चिन्ता न पिर लागेछ ।
आज सिउँदोमा सिन्दूर स्वरुप अबिर लागेछ ।
उसलाई खुसी किन्न म परदेश आएको बेला
उता गाउँमा भने प्रेमिकालाई मंसिर लागेछ ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies