२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान

shivam cement
२०८२ असोज २८ गते १७:३५
Shares
मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान

जनकपुरः मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छन् । 

आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी दिएको हो । 

यसैगरी नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोकिएको पनि कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रदेश प्रमुख भण्डारीले सिंहको राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेस गर्न उनले आह्वान गरेकी हुन् ।

सम्बन्धित खबर