२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

shivam cement
२०८२ असोज २९ गते ०७:१४
Shares
एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए ।

एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टी ११ औँ महाधिवेशनमा जाने निर्णय गरिसकेको छ। मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ ।

सम्बन्धित खबर