२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तिज पर्वलाई मित्रमिलन पर्वको रुपमा मनाउन जोड

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १४ गते २१:४९
तिज पर्वलाई मित्रमिलन पर्वको रुपमा मनाउन जोड

सन्धिखर्क : नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको तिज मिलन तथा दरखाने कार्यक्रम एक समारोहबीच सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईरालाले उद्घाटन गर्दै उनले महिलाहरूको महान पर्व तिजको शुभकामना दिए ।

कोईरालाले   रचनात्मक  र श्रृजनात्मक   ढंगलले भड्किलो नबनाइ तिज पर्व मनाउन कर्मचारीलाई आग्रह गरेका  थिए  । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले तिजलाई भड्किलो नगरी मौलिक संस्कृतिको जगेर्ना गर्दै संस्कृतिभित्र भित्रिएका विकृति विसंगतिको अन्त्य गर्नुपर्ने कुराको थालनी कर्मचारी युनियनले शुरु गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्वसभापति कमल प्रसाद भुसालले निजामती कर्मचारीहरुको हक अधिकारका लागि लड्ने संस्थाले तिज मिलन कार्यक्रम राखेर उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिए । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महिला विभाग प्रमुख शान्ता भण्डारीले तिज पर्व सबैको पर्व भएकोले यस पर्वमा पुरानो रिति रिवाजलाई जगेर्ना गर्नुपर्नेमा जोड दिइन् ।  कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले तिज पर्वको वास्तविक महत्व झल्काउने गरी सबैले हर्ष उल्लासका साथ पर्व मनाउन आग्रह गरिन् । 

ADVADV

सम्बन्धित खबर

Advertise