२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

गरुडामा जस्ताको छाना लगाउन ४९ जना लाभग्राहीले पाए पहिलो किस्ता

Nada
ओमप्रकाश यादव
२०८१ जेठ २९ गते १५:५७
Shares
गरुडामा जस्ताको छाना लगाउन ४९ जना लाभग्राहीले पाए पहिलो किस्ता

रौतहट : सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत घरमा जस्तापाताको छाना लगाउन रौतहटको गरुडा नगरपालिकाले ४९ जना लाभग्राहीलाई चेक हस्तान्तरण गरेको छ । गरुडाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारले मंगलबार एक कार्यक्रमका बीच वडा नम्बर ३ मलाही टोलका ४९ जना लाभग्राहीलाई पहिलो किस्ताबापत प्रतिपरिवार ४५ हजार रुपैयाँको दरले चेक हस्तान्तरण गरेका हुन् ।

ncell

विपन्न नागरिकहरुका खर, पराल, आसवेटस वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुने सामग्रीबाट छाएका घरका छानालाई विस्थापित गरी जस्तापाताको छाना लगाउन उक्त रकम प्रदान गरिएको हो ।

शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ल्याएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत मंगलबार मलाही टोलका ४९ घर परिवारलाई पहिलो किस्ता स्वरुप ४५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको मेयर कलवारले जानकारी दिए । 

फुसले छाएको घरमा हरेक वर्ष आगलागी भएर ठूलो जनधनको क्षति हुने गरेका कारण सरकारले फुसको घरबाट हुने जनधनको क्षति रोक्न जस्तापाताको छानावाला घर बनाउने योजना ल्याएको हो ।

गरिब तथा विपन्न समुदायलाई फुसको छानामुनि बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न गरुडा नगरपालिकाले त्यस्ता परिवारसँग समन्वय र सहकार्य गरिरहेको समेत उनले बताए । 

लाभग्राहीहरुले पहिलो किस्ताबापतको रकम बुझेर सुरक्षित नागरिक आवास कार्यक्रमको कार्यविधिबमोजिम जस्ताको छाना लगाएपछि प्राविधिकहरुको अनुगमनपश्चात दोस्रो किस्ताबापत ३० हजार रुपैयाँ उपलब्ध गराइने नगर प्रमुख कलवारले बताए ।

ताजा खबर

सम्बन्धित खबर