२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १९ गते १४:३८
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अर्घाखाँची : नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । 'राष्ट्र सेवा निश्चपक्षता तटस्थता र कर्मचारी एकता' भन्ने मूल नारा बोकेको नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नं. १२ मा रहेको जूहार आधारभूत विद्यालयका २६ जना छात्रा छात्रहरुलाई स्कुल ब्याग, कपी तथा पेनसिल वितरण गरेको हो ।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति तथा निवर्तमान नगरप्रमुख कमल प्रसाद भुसाल, वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्का, वडा सदस्य राम बहादुर बस्याल, पूर्व जिसस सदस्य झमन कुमार श्रेष्ठ, समाजसेवी धन प्रसाद श्रेष्ठ, छन्द्र लाल श्रेष्ठ, युनियनका केन्द्रीय परिषद् सदस्यहरु मुक्तिराम खनाल, रुकेन्द्र पालुङे, प्रकाश परियार, योगेश पन्थी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, सञ्चारकर्मी तथा स्थानीय अभिभावकहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम युनियनका कार्यबाहक जिल्ला अध्यक्ष दिपक पाण्डेको अध्यक्षता तथा सहसचिव रमेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसअघि पनि युनियनले विभिन्न समयमा वृक्षारोपण, सरसफाइ अभियान तथा जिल्लाको मुख्य सडक र शाखा सडकहरुमा उक्त क्षेत्रको पहिचानसहितका होडिङबोर्ड राख्ने काम गरेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise