२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘जनप्रतिनिधि र कर्मचारी सांसदको संख्या ५० प्रतिशतले घटाउनुपर्छ’

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १९ गते २१:०७
‘जनप्रतिनिधि र कर्मचारी सांसदको संख्या ५० प्रतिशतले घटाउनुपर्छ’

अर्घाखाँची : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले जनप्रतिनिधिहरुको संख्या ५० प्रतिशतले घटाउनु पर्ने बताएका छन् ।  बुधबार नेपाल प्रेस युनियन तानसेन पाल्पाले आयोजना गरेकोे पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारीले    जनप्रतिनिधिसँगै कर्मचारीको संख्या पनि घटाउनु पर्ने बेला आएको बताएका हुन् ।

भण्डारीले अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको दाबी गरे  । 

भण्डारीले सरकार पुरानो  तरिकाले  अघि बढेमा व्यवस्था संकटमा पर्न सक्ने चेतावनी दिए । नेता भण्डारीले यथास्थितिमै सरकार अगाडि बढिरहे व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने सम्भावना रहेकोले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू जस्ता नेताहरु जेल बसेको बताउँदै उनले नेतृत्वको असक्षमताको भारी अब आफुहरुले नबोक्ने बताए ।

सांसद भण्डारीले अहिलेका नेताहरूको व्यवहारका कारण युवा पुस्तामा निराशा छाएको भन्दै चिन्ता व्यक्त गर्दै नेताहरूको कार्यशैलीका कारण अब देशमा केही हुन्न भन्ने लागेर युवा विदेशीएको दाबी गरे । 

युवा पुस्तालाई देशमै राख्न नेताहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने भण्डारीको ठम्याइ छ । नेताहरूले पद र प्रतिष्ठाको लागि गरेको लुछाचुँडीका कारण युवाहरू निराश भएकोले  युवाहरूलाई देशमै राख्न उनीहरूको आवश्यकता अनुसारको विकास र सुशासन दिन सरकार  प्रतिबद्ध हुनुपर्ने उनको तर्क छ  । 

दलका नेताहरू समय अनुसार अपडेट हुन नसकेकोतर्फ संकेत गर्दै डाक्टर भण्डारीले परिवर्तित समय र देशका युवा जमातको आवश्यकता के हो भनेर बुझ्न नेताहरूलाई सुझाव दिए । 

नेतृत्वको कमजोरीका कारण राजनीतिमा युवालाई  प्रभाव पार्न  न सकिएको  ले नेतृत्व सुध्रिनु अहिलेको आवश्यकता रहेको बताए । 

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, पूर्व सभापति राजन पन्त , विरबहादुर रानाको अतिथ्यतामा भएको  कार्यक्रम प्रेस युनियनका जिल्ला उपाध्यक्ष रामचन्द्र रायमाझीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा  विष्णु खनालले स्वागत मन्तव्य राखेका थिए भने   सचिव विष्णु घिमिरेले सहजीकरण गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise