२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन : नेकपा एस

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते १५:०१
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन  : नेकपा एस

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन भएको निष्कर्ष निकालेको छ ।

पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दबाबमूलक कार्यक्रम गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिइएको नेकपा एसले जनाएको छ । एकीकृत समाजवादीका काठमाडौं अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुर अध्यक्ष हरिकृष्ण थापा र ललितपुर अध्यक्ष श्याम बस्नेत सहितको टोलीले सर्वोच्चको आदेशबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिमण्डलमा बागमतीका सांसद पनि उपस्थित थिए । योबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न भोलि अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

अदालतले काठमाडौँका नदी किनारका ४० मिटर क्षेत्रमा निर्माण निषेध गर्नेगरी आदेश दिएको छ । यहि आदेशले जनताको व्यक्तिगत सम्पतिको क्षति हुने भन्दै नेकपा एसले जनतालाई साथ् दिने निर्णय गरेको बताएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise