२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

निगम-मन्त्रालय सदाबहार विवाद : अध्यक्ष अधिकारीले बुझाए १२ सय २९ पृष्ठको स्पष्टीकरण

shivam cement
२०८१ भदौ २३ गते २०:५२
Shares
निगम-मन्त्रालय सदाबहार विवाद : अध्यक्ष अधिकारीले बुझाए १२ सय २९ पृष्ठको स्पष्टीकरण

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले लामो स्पष्टीकरण बुझाएका छन् । मन्त्री पिच्छे स्पष्टीकरण माग्ने र बुझाउने क्रम चल्दै आएको मन्त्रालय र निगमको सदावहार विवादमा पछिल्लो पटक निगमका अध्यक्ष अधिकारीले मन्त्री बद्रीप्रसाद पाण्डेलाई २९ पृष्ठको पत्रसहित १२ सय २९ पृष्ठको स्पष्टीकरण बुझाएका हुन् ।

कांग्रेस–एमाले सहितको गठबन्धनमा नयाँ सरकार बनेसँगै पर्यटन मन्त्रालयको जिम्मेबारी पाण्डेले सम्हालिसकेपछि मन्त्रालयले अधिकारीसँग भदौ १२ गते १० बुँदामा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष अधिकारीले मन्त्रालयलाई भदौ १९ गते स्पष्टीकरण बुझाउँदै निगमलाई नियामक निकायको असहयोग र मन्त्रालयसँगको समन्वय कमजोर रहेको बताएका छन् ।

मन्त्रालयले अधिकारीसमक्ष वाइडबडी जहाजको सिचेक, सिचेकको लागि छनौट गरिएको कम्पनी, सिचेकमा पठाइएका कर्मचारी, जहाजहरु ग्राउन्डेड हुँदा निगमलाई पर्न गएको आर्थिक घाटा, निगमलाई विभिन्न देशमा भएको जरिवाना, निगमको सम्पत्ति व्यवस्थापन लगायतका विषयमा स्पष्टीरकण सोधेको थियो । अध्यक्ष अधिकारीले मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ पठाउँदै निगम घाटामा जानुको कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज भएको बताएका छन् । साथै निगम घाटामा जानुको कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको सेवा शुल्क कटौती पनि भएको उनको भनाइ छ ।

निगमले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न वायुसेवा निगमहरुसँग प्रतिस्पर्धा गर्नुपरेको र निगम कमजोर रहेको उनले स्पष्टीकरणमा उल्लेख गरेका छन् । सिचेकमा लामो समय लाग्ने र प्रक्रियागत झन्झटले गर्दा नियमित उडानमा समस्या भएको उनको भनाइ छ । अधिकारीले स्पष्टीकरणमा आफूले निगमको तर्फबाट मन्त्रीको जिज्ञासा, चासो र निर्देशनलाई सकारात्मक रुपमा लिएर काम गर्ने प्रतिबद्धता पेश गरेका छन् । साथै उनले मन्त्रालयमार्फत् राज्यले निगमप्रति लिँदै आएको नीतिलाई गम्भीरतापूर्वक अध्ययन गर्न मन्त्रीसमक्ष आग्रह समेत गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर