२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उपसभामुखलाई महाअभियोग लगाउने कसरत गर्दै सत्तारुढ दल, आन्तरिक छलफलमा रास्वपा

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १२:०४
उपसभामुखलाई महाअभियोग लगाउने कसरत गर्दै सत्तारुढ दल, आन्तरिक छलफलमा रास्वपा

काठमाडौँ : सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषयमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषय उठाएपछि एमालेबाटै बैठकमा सहभागी अन्य नेताहरूले पनि रानालाई हटाउने विषयमा बढी जोड दिएका थिए । रास्वपाबाट उपसभामुख बनेकी रानाबारे प्रश्न उठेको र उनलाई हटाएर संवैधानिक परिषद्मा सत्तापक्षलाई बलियो बनाउने एमालेको रणनीति छ । 

सत्ता समीकरणअनुसार प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा रहनेछन् । यसो हुँदा दुवैतिर ५०/५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुने भन्दै एमालेले उपसभामुखलाई निशाना बनाउन खोजेको देखिन्छ । सत्ता गठबन्धनलाई बलियो बनाउन रानालाई जसरि पनि हटाउनुपर्ने रणनीति सरकारको देखिन्छ । 

सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपसभामुख राना असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा तानिएकी थिइन् । यसैलाई आधार बनाएर गठबन्धन सरकारले उपसभामुखलाई हटाउन लागेको रास्वपा नेताहरूले आशङ्का व्यक्त गरेका छन् । तर उनलाई कुन आधारमा हटाउने कसरत भैरहेको छ भन्नेबारे रास्वापा अनविज्ञ छ । 

यता एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर जारी गरेको बुझिएको छ। 


 

ADVADV

सम्बन्धित खबर

Advertise