२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १५:३२
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौँ : अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन् ।

आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise