२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विवेकपूर्ण निर्णयको खाँचो

ADV
२०८१ भदौ २६ गते ०६:५५
विवेकपूर्ण निर्णयको खाँचो

प्रतिनिधि सभामा उपसभामुख इन्दिरा रानामगरले लेखेको पत्रको विषय फेरि उठेको छ । सत्ता पक्षका सांसदहरुले उपसभामुख रानामगरले राजीनामा गर्नुपर्ने मंगलबारको बैठकमा बताएका छन् । विपक्षी दलहरुले सत्तारुढ सांसदहरुको प्रतिवाद गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उपसभामुख रानामगरको बचाऊ गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसदहरुले भने संसदको मर्यादा जोगाउन उपसभामुख रानामगरले राजीनामा दिनु उचित हुने तर्क गरेका छन् । उपसभामुख रानामगरले आफू सहित ६ जनालाई अन्तर्वार्ताको मिति अगाडि सारिदिन आग्रह सहित अमेरिकी दूतावासलाई २०७९ फागुनमा लेखेको पत्र गत साउन पहिलो साता सार्वजनिक भएको थियो । महिला सम्बन्धी कार्यक्रमका लागि भनेर उपसभामुख रानामगरले पाँच जना पुरुषसँग अन्तर्वार्ता लिइदिन पत्र लेखेकी थिइन् । 

उपसभामुखले लेखेको पत्र सार्वजनिक हुनासाथ संसदमै कुरा उठेको थियो । तर त्यसबेला दलहरुले उक्त पत्रलाई प्राथमिकतामा राखेका थिएनन् । सत्ता समीकरण परिवर्तन भइरहेकाले त्यसबेला कुनैपनि दलले बलियोगरी यो एजेण्डा उठाएका थिएनन् । तर मंगलबार एकाएक एमालेका सांसदहरुले उपसभामुखको राजीनामा माग्नुको पछाडि आइतबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकको छलफल कारण देखिन्छ । नेताहरुले रास्वपा पृष्ठभूमिकी रानामगरलाई उपसभामुखबाट हटाएर नेपाली कांग्रेसलाई उक्त पद दिन खोजेका छन् । संसदको दुई तिहाइ बहुमत भएकाले सत्तारुढ नेताहरुले चाहेमा यो योजना सफल हुने संभावना छ, जसको प्रतिवाद रास्वपा सहित विपक्षी दलहरुले सुरु गरेका छन् । 

एकाएक उठेको यो प्रकरणले राष्ट्रिय राजनीति तरंगित बनेको छ । तर सतहमा आए जस्तो सजिलो विषय होइन, यो । किनकि उपसभामुख रानामगरले लेखेको पत्र आफैमा गम्भीर विषय हो । एउटा सार्वभौम मुलुकका संवैधानिक निकायका प्रमुखले त्यसरी पत्र लेख्नु गम्भीर अपराध हो । तर सँगै सत्तारुढले जुन तरिकाले उपसभामुख हटाउन चाहेको छ, त्यसबाट स्थापित हुने नजीर पनि खतरनाक हुनेछ । एकप्रकारले दुइतिहाइ बहुमतको दुरुपयोगको थालनि हुनेछ । भोलि राष्ट्रपति, सभामुख, न्यायाधीशसम्म दुईतिहाइको शक्तिबाट हट्नुपर्ने परिस्थिति सिर्जना हुनेछ । राजनीतिलाई प्रतिशोधतिर धकेल्नेछ, र राजनीतिमा डरलाग्दो खेल शुरु हुनेछ । प्रतिकुल निर्णय गर्ने जोसुकैले संसदको बहुमतबाट हट्नुपर्नेछ । तसर्थ उपसभामुखको विषयमा विवेकपूर्ण निर्णय लिन आवश्यक छ । 

ADVADV

सम्बन्धित खबर

Advertise