२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते २०:४२
सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच सम्झौता

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ ।

पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यममार्फत् मोनिटाइज गर्न सक्नेछन् ।

यो एपमार्फत् सृजनाकर्ताहरुले बिभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक, रचनात्मक र अन्य चुनौतीहरुमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन । यसरी सामाग्री बनाएर आय सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउनेछ ।

प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन । यस सहकार्यले सृजनाकर्ताहरुलाई उनीहरुको आम्दानी सिधै उनीहरुको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise