२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अमेरिका जानुअघि प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते ११:५३
अमेरिका जानुअघि प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् ।  संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका हुन् 

सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।  

प्रधानमन्त्रीसँगै अमेरिका जाने टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् । महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । 

ADVADV

सम्बन्धित खबर

Advertise