२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

माओवादीले बोलायो संसदीय दलको बैठक

Nada
२०८१ भदौ २८ गते १२:४६
Shares
माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ : नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे दलको कार्यालय सिंहदरवारमा बस्ने गरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

ncell

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ । सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि माओवादीले त्यसको विरोध गर्दै आइरहेको छ ।

हिजो बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा चासो राखेका थिए ।

गठबन्धनले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्‍याउनको लागि उपसभामुखलाई हटाउन खोजेको भन्दै विपक्षी दलले चर्को विरोध जनाउँदै आइरहेको छ ।

सम्बन्धित खबर