२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते २०:११
सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल प्रदान गरेको हो । 

बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संचालक समितिका सदस्य दिनेश शंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा. दिपेन्द्रकुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो । यस सहयोगले बिरामीहरुले उच्चस्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise