दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।
प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।
हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् । झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा छाला बरामद गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies