२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार पैरवीका लागि तालिम

ADV
कमल कुमाल
२०८१ भदौ ३० गते १७:३८
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार पैरवीका लागि तालिम

कालीकोट : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार पैरवीका लागि सरोकारवालासँग दुईदिने तालिम मान्ममा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) कालीकोटद्वारा सञ्चालित रंगिन परियोजनाअन्तर्गत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार पैरवीका लागि दुईदिने तालिमको आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतित्यथाता रहेको कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तहका न्यायिक समिति सदस्य तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

रंगिन परियोजनाले कालीकोट जिल्लाको रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा छोटो अवधिमा स्थानीय तहमा भए-गरेका क्रियाकलाप र विश्लेषण अध्ययनको आधारमा केही तथ्यहरु परियोजनाका संयोजक जगत उपाध्यायले प्रस्तुतीकरण गरेका थिए ।

नेपाली समाजमा परम्परित तथा संरचित यौनिक लैंगिक अवस्थाका महिला र पुरुष भन्दा अलग विविध यौनिकता, लैंगिकता तथा यौन विशेषता बोकेको समुदायलाई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको परिचयले चिनिन्छ र यौनिक तथा लैंगिक अपसंख्यक समुदायका अवधारणा र शब्दावलीको साझा बुझाइका लागि यौनिक तथा अल्पसंख्यक महासंघ नेपालकी कार्यक्रम संयोजक सिम्रन शेरचनले सहजीकरण गरेकी थिइन् । तालिममा नेपालमा अल्पसंख्यकको हक अधिकारका लागि भइरहेका अभ्यास, नेपालको संविधान २०७२ ले गरेको व्यवस्था र स्थानीय तहमा अबको जनचेतनामूलक कार्यक्रम किन आवश्यक र सरोकारवाला निकायहरुको भूमिकाका विषयमा शेरचनले  प्रष्ट पारेकी थिइन् ।

यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषता फरक कुराहरू हुन् । तर केही विशेष यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताहरूले मात्र सामाजिक स्वीकार्यता पाएका छन्, अन्य विविधताहरू अपहेलित, विभेद र लाञ्छनाको शिकार बनेका छन् । संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसूत्रको ढाँचा भएका व्यक्तिहरूलाई बुझाउने छाता शब्द अन्तरलिङ्गी हो ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले राज्यले समान व्यवहार अधिकार प्रयास गरिरहेको बताउँदै यसलाई समाजमा सकरात्मक बुझाइका लागि सचेतना गर्न आजको आवश्यकता रहेको तथा नेपालका आफ्नै अभ्यास र अन्तर्राष्ट्रिय मान्यताहरू बुझ्दा लैंगिक तथा यौनिक अल्पसंख्यक भन्नाले सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरू बुझाउने बताए । कार्यक्रमको अध्यक्षता रंगिन परियोजना संयोजक जगत उपाध्याय गरेका थिए भने परियोजना संयोजक दलसिंह कुमालले कार्यक्रम सञ्चालन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise