२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

यान्बुमा महावाणिज्य दूतावास जेद्दाको घुम्ती शिविर सम्पन्न

Nada
अन्जान गुभाजु
२०८२ भदौ २८ गते ०८:०४
Shares
यान्बुमा महावाणिज्य दूतावास जेद्दाको घुम्ती शिविर सम्पन्न

यान्बुः साउदी अरबको यान्बुमा नेपाली महावाणिज्य दूतावास जेद्दाले पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना तथा समस्या निराकरणसम्बन्धी एक दिने घुम्ती शिविर सम्पन्न गरेको छ।

ncell

कार्यक्रमलाई नेपाली सेवा समिति, यान्बुको सहजीकरणमा आयोजना गरिएको थियो। कार्यक्रममा दूतावास प्रमुख पारस पण्डितले नेपाली श्रमिकहरूका समस्या, समाधानका उपाय तथा सचेतनामूलक जानकारी प्रस्तुत गरे । 

समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले आगामी दिनमा पनि यस्ता शिविर निरन्तर गर्न दूतावासलाई आग्रह गर्दै दूतावास टिम तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरे । सहभागीहरूले भौगोलिक रूपमा दूतावाससम्म पुग्न समय र खर्च दुवै लाग्ने भएकाले आफ्नै क्षेत्रमा सेवा प्राप्त गर्न पाउँदा सहज भएको प्रतिक्रिया दिए ।

शिविरमा यान्बु, रबिक, मदिना, अल वाज, दुबा, रेड सीलगायत विभिन्न क्षेत्रबाट आएका १६१ जनाले पासपोर्ट नवीकरणका लागि लाइभ इन्रोलमेन्ट आवेदन दिएका थिए। कार्यक्रममा नव नियुक्त महावाणिज्य दूतावास प्रमुख सुरेश पण्डितलाई पुष्पगुच्छा र दोसल्ला ओढाएर स्वागत गरिएको थियो। 

महावाणिज्य दूतावास प्रमुख पारस पण्डित, दूत शुभास यादव, राजु बास्कोटा, सुरेश पण्डित, सुमन वाग्लेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो। 

ताजा खबर

सम्बन्धित खबर