२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

जेनजीको विरोध प्रदर्शनमा भएका अप्रिय घटनाका तस्बिर-भिडियो पठाउन प्रहरीको अनुरोध

shivam cement
मध्यान्ह
२०८२ भदौ २७ गते १५:४४
जेनजीको विरोध प्रदर्शनमा भएका अप्रिय घटनाका तस्बिर-भिडियो पठाउन प्रहरीको अनुरोध

काठमाडौँ : नेपाल प्रहरीले देशका विभिन्न स्थानमा भएको जेनजीको विरोध प्रदर्शन र आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने अन्य घटनासँग सम्बन्धित सूचना संकलन गर्न आम जनसमुदायसँग सहयोगको आग्रह गरेको छ ।

उक्त घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिङ्कहरू भए, ती लिङ्कहरू इमेलमा पठाउन प्रहरीले अनुरोध गरेको छ । यससँगै, प्रहरीले सामग्री पठाउने व्यक्तिहरूको गोपनीयता पूर्ण रूपमा कायम राखिने बताएको छ । 

प्रहरीको यो पहलले जनसाधारणमा भय-त्रास सिर्जना गर्ने घटनाहरूको सत्य तथ्य अनुसन्धान गर्न र दोषी पहिचानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise