२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

नेपाल उज्वेकिस्तानसँग पराजित

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १७:४०
नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौंः एफसी यू–२० एसियन कप छनोटअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको हो । चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको हो । खेलको २४ र २७ औं मिनेटमा उज्वेकिस्ताका साइदनुरल्लायभले दुई गोल गरे । त्यस्तै, खेलको २९ औँ मिनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३–० को अग्रता बनायो । 

त्यसपछि खेलको दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल नै थप्यो । उज्वेकिस्तानका लागि मिर्जाएभले ६८औं मिनेटमा गोल गरे भने खेलको ८८ औं मिनेटमा मेयिरबेक रेजाबालिएभल एक गोल गरे । खेलको ९०औं  मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गरेसँगै उज्वेकिस्तानले नेपालमाथि ६–० गोलको जित निकाल्यो । 

एसियन छनोटमा समूह ‘बी’मा रहेको नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग नेपाल ४–१ गोलअन्तरले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१  गोलअन्तरले पराजित गरेको थियो ।

यता उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७–० गोलअन्तरले पराजित गरेको थियो । लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अङ्क जोडेको छभने तीन खेलको नेपालको तीन अङ्क नै रहेको छ । 

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असोज ११ गते बहराइनसँग खेल्नेछ । समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । आगामी सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता  रहेको छ । जसलाई विभिन्न दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यू–२० टोली एसियन कपमा छनोट हुनेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise