२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पार्टीको आदेशपछि चीन भ्रमण छोट्याएर स्वदेश फर्कियो रास्वपा टोली

Nada
२०८१ असोज १० गते १४:१२
Shares
पार्टीको आदेशपछि चीन भ्रमण छोट्याएर स्वदेश फर्कियो रास्वपा टोली

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली आज नेपाल फर्किएको छ । १० दिनका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला बढेपछि भ्रमण छोट्याएर फर्किएको हो । 

ncell

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो ।

बेइजिङ पुग्ने कार्यक्रम भए पनि उक्त कार्यक्रम स्थगित गरी सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुम्बु सरकार श्रेष्ठ छन् ।

ताजा खबर

सम्बन्धित खबर