२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

साउदीमा कार्यरत सेफ थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित

ADV
अन्जान गुभाजु
२०८१ असोज १७ गते २१:४७
साउदीमा कार्यरत सेफ थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित

साउदी : साउदी अरबमा कार्यरत सरोज थापालाई ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित गरिएको छ । 

युएईको दुबईको हिल्टन होटलमा आयोजित भव्य कार्यक्रममा सेफ थापालाई उक्त अवार्ड प्रदान गरिएको हो । थापा साउदी अरबस्थित ५ तारे होटेल केम्पिन्स्की होटलका कार्यकारी पेस्ट्री सेफ हुन् । नेपाली पाककला विश्वमञ्चमा पुर्‍याउन गरेको विशिष्ट योगदानका लागि यो प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन् । 

न्यूजलाइन मिडियाले आतिथ्य क्षेत्रमा उनको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरेको हो ।  थापा ‘वर्ल्ड सेफ एसोसिएसन’ को निर्णायक मण्डलमा बसेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो ज्ञान र अनुभव पुर्‍याउँदै आएका छन् । नेपाली परम्परागत खानाको प्रवर्द्धन र अनुसन्धानमा उनको समर्पणले नेपालको पाककला क्षेत्रमा महत्वपूर्ण पहिचान दिलाएको छ ।

यो सम्मान विजया दशमीको अवसर पारेर आयोजना गरिएको सांस्कृतिक अन्तरक्रियामा प्रदान गरिएको थियो । जसमा नेपाली परम्परा र चाडपर्वको संरक्षणमा केन्द्रित कार्यक्रम पनि समावेश गरिएको थियो । सरोज थापाको यस सम्मानले नेपाली पाककला र संस्कृतिलाई विश्वसामु चिनाउन गरेको उल्लेखनीय योगदानलाई पुनः प्रमाणित गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise