२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

हिमाको ओदीगाउँमा भलिबल प्रतियोगिता हुने

ADV
दिलमाया शाही
२०८१ असोज २१ गते २२:३९
हिमाको ओदीगाउँमा भलिबल प्रतियोगिता हुने

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाको ओदी गाउँमम दुई लाख राशिको भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय लामा विष्णु क्लबको आयोजना र  हिमा गाउँपालिकाको सहयोग तथा वडा नम्बर २ को सहजीकरणमा ओदी गाउँमा उक्त भलिवल प्रतियोगिता हुने भएको हो ।

त्यस्तै लामा विष्णु युवा क्लबका अध्यक्ष धिरेन्द्र रोकायाले नेपालीहरुको महान चाडको रुपमा रहको वडा दशैंको अवसरमा आयोजना गर्न लागिएको भलिबल प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख र द्वितीय पुरस्कारका लागि एक लाख रहेको जानकारी दिए ।

खेल असोज २९ गतेबाट हुने छ । उनका अनुसार टिम दर्ता असोज २३ देखि २९ गतेसम्म गर्न मिल्ने छ । टिम दर्ताका लागि आयोजकले पाँच हजार रकम कायम गरेको छ ।

प्रत्येक खेलमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीलाई ५ सय रुपैयाँसमेत उपलब्ध गराइने भएको छ । प्रतियोगिताको सो अवधिमा ओदी गाउँमा देउडा प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार चर्चित देउडा खेलाडी विपना सिंहको प्रस्तुति रहने छ । 

ADVADV

सम्बन्धित खबर

Advertise