२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वैदेशिक रोजगारको बीमा नीति निजी कम्पनीहरूका लागि नाफा आर्जनको बलियो स्रोत

ADV
२०८१ असार २ गते ०६:४०
वैदेशिक रोजगारको बीमा नीति निजी कम्पनीहरूका लागि नाफा आर्जनको बलियो स्रोत

काठमाडौं : वैदेशिक रोजगारको श्रम स्वीकृतिका लागि अनिवार्य गरिएको वैदेशिक रोजगार म्यादी जीवन बीमा नीति निजी क्षेत्रका जीवन बीमा कम्पनीहरूका लागि नाफा आर्जनको बलियो स्रोत बनेको छ ।   

हाल नेपालमा रहेका १४ मध्ये ११ वटा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारका लागि म्यादी बीमा पोलिसी बिक्री गरिरहेका छन् । नेपाल बीमा प्रधिकरणका अनुसार हाल सूर्यज्योति लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, सानिमा लाइफ, आइएमई लाइफ र मेट लाइफ कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको म्यादी बीमा गर्ने गरिरहेका छन् । यसका अतिरिक्त रिलायवल लाइफ, नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी) नेपालले पनि वैदेशिक रोजगार बीमाको पोलिसी बेच्दै आएका छन् । 

जीवन बीमा कम्पनीहरुले मासिक सरदर २ करोड रुपैयाँ हाराहारीमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट मात्रै कमाउने गरेका छन् । प्राधिकरणका अनुसार उनीहरूले चालु आर्थिक वर्षको १० महिना अर्थात गत वैशाख मसान्तसम्म वैदेशिक रोजगारको म्यादी बीमामार्फत २ अर्ब ५८ करोड रुपैयाँ भन्दाबढी बीमा शुल्क आर्जन गरेका छन् ।  

वैशाख महिनामा मात्रै ११ वटा बीमा कम्पनीले ७१ हजार ७३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरी २० करोड ७१ लाख ७१ हजार रुपैयाँ कमाएका छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमामा १६ देखि ६० वर्ष उमेर समूहका कामदारले १ देखि ५ वर्षसम्मको बीमा गर्ने गरेका छन् ।

देश र उमेरअनुसार म्यादी बीमाको रकम फरक–फरक तिर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले म्यादी बीमाबापत १ हजार ५ सयदेखि ४ हजारसम्मको बीमा गर्नुपर्ने व्यवस्था छ । यस्तै दक्षिण कोरिया र इराजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति २ वर्षको हुने भएपनि खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृतिभन्दा १ वर्ष बढी अवधिको म्यादी बीमा गराउँदै आएका छन् । त्यसबापत वैदेशिक रोजगारीमा जाने कामदारले बिनाकारण बढी रकम तिर्नुपरेको छ ।  प्रारम्भमै एकमुष्ट बीमाशुल्क तिर्नुपर्ने शर्त रहेको यस बीमामा बीमा अवधिमा कुनै घटना नभए रकम फिर्ता हुँदैन ।

ADVADV

सम्बन्धित खबर

Advertise