२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

श्रममन्त्री फेरबदलको अन्तिम तयारी

shivam cement
२०८२ साउन २१ गते ०६:१५
श्रममन्त्री फेरबदलको अन्तिम तयारी

काठमाडौं : करिब १४ महिनाको दोस्रो कार्यकाल बिताएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी बिदा हुने तरखरमा लागेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गत वर्ष असार ३१ गते मन्त्री भएका भण्डारीलाई फिर्ता बोलाएर पार्टीका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउने तयारी गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र नै पठाएर मन्त्री फेरबदलको आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री ओली हाल तुर्कमेनिस्तान भ्रमणमा रहेको छन् । प्रधानमन्त्री ओली त्यहाँबाट फर्केलगत्तै श्रममन्त्री हेरफेर हुने बताइएको छ ।

लोसपाका महासचिव मनिषकुमार मिश्रका अनुसार मन्त्री भण्डारीको एकवर्षे कार्यकाल सकिएलगत्तै शुक्ललाई मन्त्री बनाउन लागिएको हो । पार्टी स्रोतले प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरेपछि बन्ने मन्त्रिपरिषद्मा हालका श्रममन्त्री भण्डारीको पुनरागमन हुनसक्ने बताएको छ ।

गत निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित शुक्लले नेपाली कांग्रेसका उमेदवार प्रमोदकुमार यादवलाई पाँच हजारभन्दा बढी मतले पराजित गरेका थिए ।

कुनै समय पञ्चायतकालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका अत्यन्तै विश्वासपात्र मानिने शुक्ल ब्यवहारमा सरल तर नेपालका अनुभवी राजनीतिक नेता हुन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ जिगिना स्थायी घर भएका शुक्ल त्यस क्षेत्रबाट तीन पटक सांसद तथा ६ पटक मन्त्री भइसकेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise