२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

टुँडिखेलमा फूलपाती बढाइँ समारोह

Nada
२०८१ असोज २४ गते १७:११
Shares
टुँडिखेलमा फूलपाती बढाइँ समारोह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बडा दशैँ अन्तर्गत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सरिक भएका छन् । समारोहमा प्रथम महिला सबिता पाैडेल सहभागी थिइन् । साे अवसरमा राष्ट्रपति पाैडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पाैडेल नेपाली सेनाकाे परमाधिपति हुन् ।

ncell

सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित सो फूलपाती बढाइँ समारोहमा नेपाली सेनाले विभिन्न सैनिक परेड प्रदर्शन गरेको थियो । 

सो अवसरमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । राष्ट्रिय गीत र विभिन्न धुन प्रस्तुत गरिएको थियो । साथै नेपाली सेनाले राइफलबाट लहरे, एकठठा र तोपबाट पनि आकर्षक बढाइँ प्रस्तुत गरेका थिए । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारीलगायतको सहभागिता थियो ।

ताजा खबर

सम्बन्धित खबर