२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

जनतालाई कंगाल बनाउने प्रवृत्तिविरुद्ध निरन्तर लाग्छौं : प्रचण्ड

ADV
दिलमाया शाही
२०८१ कार्तिक ५ गते २१:३९
जनतालाई कंगाल बनाउने प्रवृत्तिविरुद्ध निरन्तर लाग्छौं : प्रचण्ड

जुम्ला : नेकपा माओवादी केन्द्रका अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नोे नेतृत्वको पार्टी जनतालाई कंगाल बनाउने प्रवृत्तिविरुद्ध निरन्तर रुपमा लाग्ने बताएका छन् । उनले भू–माफियाहरुले राज्यको जग्गा व्यक्तिका नाममा लैजाने जनतालाई सडकमा पु¥याउने  प्रवृत्ति  धेरै पहिलेदेखि हुर्किँदै आएको बताए । 

नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढाएको बताए ।  

उनले  आफूले सरकारबाट शुरु गरेको  भ्रष्टाचार विरोधी अभियान अब पार्टीकोतर्फबाट अघि बढाउने दाबी गरे । ‘सुशासनको पक्ष र भ्रष्टाचारकोविरुद्धमा निकै ठूलो अभियान शुरु गरिएको छ’– उनले भने ‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया शुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ । 

उनले पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरको अवधारणा अघि सारेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको र तेस्रो पटक प्रधानमन्त्री हुँदा भारत सँग दश वर्षमा दश हजार मेगावाट विद्युत बिक्रीलगायतका ऐतिहासिक समझदारीमा हस्ताक्षर गरेको बताए । 

उनले  मध्यपहाडी लोकमार्गले पहाडी क्षेत्रलाई नयाँ जीवन दिँदै राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कोशेढुंगा हुने बताए  । उत्तरदक्षिण कोरिडोरले कर्णाली लगायतका विकट क्षेत्रलाई सुगम बनाउनेतर्फ आफ्नो ध्यान गरएको बताए । उनले  जुम्लाको नाथेलाग्नासम्म बाटो पुर्‍याउने सहमति भएको पनि बताए । 

त्यस्तै  उनले भारत र बंगलादेशसँग विद्युत व्यापारको सम्झौता क्रान्तिकारी कदम रहेको बताए  । कार्यक्रममा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ निर्वाचित वडा अध्यक्ष धनबहादुर कामीसहित झण्डै पाँच सय व्यक्ति विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise