२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

विभिन्न पार्टी परित्याग गरी ५ सयभन्दा धेरै नेता कार्यकर्ता माओवादीमा प्रवेश

shivam cement
दिलमाया शाही
२०८१ कार्तिक १० गते ११:३२
विभिन्न पार्टी परित्याग गरी ५ सयभन्दा धेरै नेता कार्यकर्ता माओवादीमा प्रवेश

जुम्ला : नेकपा माओवादी केन्द्रमा ५ सय ३८ जना प्रवेश गरेका छन् ।  नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनका सुन्दरीको गोरु चौरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक पार्टी परित्याग गरी उनीहरू माओवादीमा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस, नेकपा ऐमाले, नेमाकिपा र नेकपा (एकिकृत समाजवादी),स्वतन्त्रलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता छन् । 

कनका सुन्दरी गाउँपालिका ८ का स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष धन बहादुर कामी र चनाखी कुलाला र गोल दमाईसहित ३ सय ७२ जनाएकै चोटी माओवादी प्रवेश गरेका हुन् । 

नेपाली कांग्रेसबाट पार्टी परित्याग गरी तिला तिनका लाल प्रसाद उपाध्यायलगायत ४१ जना माओवादीमा प्रवेश गरेका छन् । उनीहरूले माओवादी आन्दोलनले उत्पीडित समुदायको सवाल, नेतृत्वलाई स्थापित गरेको बताए ।

पछिल्लो समयमा राजनीतिक व्यवस्था रूपान्तरणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै पार्टी प्रवेश गरेको उनीहरुको दाबी छ । 

त्यस्तै नेकपा (एकिकृत समाजवादी) बाट ३५ जना माओवादीमा प्रवेश गरेका छन् । उनीहरूले गरिब, श्रमजीवी, महिला र उत्पीडित समुदायले न्याय, समानता र आत्म सम्मान प्राप्त गर्ने राजनीतिक व्यवस्था माओवादी भएको बताए । 

एमाले परित्याग गरी माओवादीमा प्रवेश गर्नेमा पुर्व कर्णाली प्रदेश कमिटी सदस्य राज बहादुर खत्रीलगायत ८८ जना रहेका छन् । उनीहरूले समावेशिता,संघीयता, धर्मनिरपेक्षता लगायतका मुद्दा माओवादी केन्द्रले उठाएको बताउँदै आफू माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गरे । 

नेपाल मजदुर किसान पार्टी परित्याग गरी २ जना  माओवादी केन्द्रमा प्रवेश  गरेका छन । भने, विप्लबको पार्टी बाट ३ जना माओवादी केन्द्रमा  परिवेश गरेका छन । उनीहरूले  परिवर्तनको पक्षधर माओवादी भएको बताउँदै  पहिचान पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै जुम्ला जिल्ला इन्चार्ज तथा कर्णाली प्रदेशका पूर्व कानुनमत्री नरेश भण्डारीले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको भन्ने कुरा जनताले बुझेको बताए । उनले प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताए । उनले माओवादी कमजोर हुँदा जनताका अधिकार समेत कमजोर हुने बताउँदै उनले पार्टीलाई रुपान्तरणसहित सशक्त बनाउन आवश्यक भएको बताए ।

त्यस्तै मओवादी केन्द्र जुम्लाका संयोजक नवराज न्यौपाने (बिमुख )ले पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताए । उनले बिभिन्न पार्टी परित्याग गरी नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने खुलासा गरे । उनले भने,'१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले राज्यसत्तालाई नै बलियो चुनौती दिएको संसारकै कम्युनिस्ट क्रान्ति माओवादीले गरेको हो ।'

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अथिति रहेकाे जुम्लाकाे कनका सुन्दरीमा आयाेजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने ५ सय ३८ जनाकाे नाम लिष्टकाे सूची तयारी पारिएको नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला संयाेजक न्याैपानेले बताए ।

ADV

सम्बन्धित खबर

Advertise