२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

रौतहटमा ट्राफिक नियम उल्लंघन गर्ने ५२५ चालक कारबाहीमा

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ १८ गते १६:१७
Shares
रौतहटमा ट्राफिक नियम उल्लंघन गर्ने ५२५ चालक कारबाहीमा

रौतहट : सवारी ऐन नियमविपरीत सवारी साधन चलाउने ५२५ चलाकलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार जारी गरेको प्रेस नोटमा जेठ ९ गतेदेखि जेठ १७ गतेसम्ममा जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा नियमविपरीत सवारी चलाउने चालकहरुलाई कारबाही गरिएको उल्लेख छ ।

ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारबाही गरेर जरिवानाबापत ६ लाख ३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

सम्बन्धित खबर