२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

नुवाकोटका एक जनप्रतिनिधि रोजगारीको खोजीमा विदेश पलायन

ADV
पूर्ण तामाङ
२०८१ कार्तिक १९ गते १२:०३
नुवाकोटका एक जनप्रतिनिधि रोजगारीको खोजीमा विदेश पलायन

दुबई, यूएई : नेपालमा बढ्दो बेरोजगारी र अवसरको अभावले गर्दा स्थानीय जनप्रतिनिधिहरुसमेत विदेश जान बाध्य भइरहेका छन् । हालै  नुवाकोटका एक जनप्रतिनिधि विदेश पलायन भएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका-५ का वडा सदस्य चन्द्र बहादुर तामाङ रोजगारीको सिलसिलामा यूएई आएका हुन् । गत स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित तामाङले विदेश जानुको कारण रोजगारी र आर्थिक सुरक्षाको कमी रहेको मध्यान्हलाई बताए ।

देशभर युवा पुस्ता रोजगारीको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा वडा सदस्य समेत विदेश जानु परेको घटना थप चिन्ताजनक बनेको छ । "हामीले विदेश गएर काम गर्नुपर्ने अवस्था छ भने हामीलाई नेतृत्व गर्ने जनप्रतिनिधिहरुले पनि त्यही बाटो रोज्नु परेपछि यो समस्याको जरा कति गहिरो छ भन्ने बुझ्न सकिन्छ," तारेकेश्वरका एक युवा मंगल तामाङले भने ।

समाजशास्त्रीहरुका अनुसार देशमा अवसरको अभाव, अस्थिर राजनीतिक वातावरण र भ्रष्टाचारका कारण युवाहरु रोजगारीका लागि विदेश पलायन हुनु परेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise