२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

बैतडीका गृहिणी महिला ‘ड्राइभर’, तीन जनासँग लाइसेन्स

draupadi film
ललित बोहरा
२०८१ कार्तिक २३ गते १९:५५
बैतडीका गृहिणी महिला ‘ड्राइभर’, तीन जनासँग लाइसेन्स

पाटन : कुनै बेला चुल्हो चौको, मेला पातमा सिमित दुर्गम मानिने बैतडीका ग्रामीण समुदायका महिला सवारी चालक ‘ड्राइभर’ बन्न थालेका छन् ।
आर्थिक रुपमा सवल बन्नका लागि पनि महिलाहरुले आफ्नो पेशा परिर्वतन खोजी रहेको छन् । कृषि पेशामा तल्लिन महिलाहरु अहिले व्यवसायिक रुपमा सवारी चालक बन्न थालेको हुन् । 

बैतडी जिल्लामा तीन गृहिणीसहित चार महिलासँग चार पाङ्ग्रे सवारी चालक अनुमतीपत्र (लाइसेन्स) प्राप्त गरेका छन् । जिल्लाको सुर्नया गाउँपालिका तीन गृहिणी महिलाले चार पाङ्ग्रे सवारी साधन चलाउन सिकेर चालक अनुमतीपत्र समेत उर्तिण गरेका छन् । सुर्नया गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीया खगेश्वरी भट्ट, २८ वर्षीया मानमती भट्ट, २४ वर्षीया हिमा साउँद खत्रीले चालक अनुमती पत्र प्राप्त गरेका छन् ।

दिगो आम्दानीमार्फत महिला उद्यमीहरुले आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत वमेनस बैंक र एफसिए नेपालको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा विकास संघ (साडा) नेपालले महिला तथा पिछडिएका लक्षित वर्गहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर जिविकोपार्जनतर्फ आर्कषण बढाउन महिलालाई सिगास र सुर्नया गाउँपालिका चार जनालाई दुई महिना सवारी साधन सञ्चालन गर्ने तालिम दिइएको थियो । 

तालिम दिएका चार जनामध्ये तीन जनाले यातायात व्यवस्था कार्यालय डडेल्धुराबाट सवारी चालक अनुमती पत्र प्राप्त गरेका हुन् । उनीहरुले मध्ये तीनजना गाडी सञ्चालनको तयारीमा रहेको साडा नेपाल बैतडीका कार्यक्रम संयोजक भुपाल बोहराले बताए । उनले भने,‘हामीले समन्वय गरिरहेका छौं । उनीहरुलाई आर्थिक सहयोग गरेर भए पनि सवल बनाउने प्रयास अझै गरिरहेका छौं ।’

खगेश्वरी भट्टले स्थानीय बजार मुसेबाट खोड्पे गाडी चलाइरहेको फोटोहरु, भिडियोहरु सार्वजनिक भएका छन् । सवारी धानीले गाडी चालक बनाउन नमान्ने गरेकाले चालक अनुमती पत्र गरेको चार पाँच महिनाबाट घरमै रहेकी २८ वर्षीया मानमती भट्टले बताइन् । 

उनले भनिन्,‘हामीले अहिले निजी क्षेत्रका यातायात व्यवसायीले पत्याइरहेका छैनन् । अब स्थानीय सरकारले सरकारी चालकमा महिला राख्नुपर्छ ।’ 

तीन महिलामध्ये २४ वर्षीया हिमा साउँद खत्रीले कैलालीमा सावारी साधन हाक्ने गरेकी छन् । सगास गाउँपालिका वडा नम्बर ९ की मन्जु धामीले भने चार पाङग्रे सवारी चलाउन सीप सिके पनि चालक अनुमती पत्र प्राप्त गर्ने प्रयास गरिरहेको बताइन्  । दुई पटक चालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा असफल भएको फेरि दिने तयारीमा रहेको उनले बताइन् । 

जिल्लाको पञ्चेश्वार गाउँपालिकाले एक युवतीले अनुमती पत्र लिए सवारी सधान चलाउन थालेकी छन् । पञ्चेश्वर गाउँपालिका–४, निङलाडकी रुबी पालिकादेखि प्रदेश राजधानी धनगढीसम्म सार्वजनिक यातायात चलाउँदै आएकी छन् । 

ADV

सम्बन्धित खबर

Advertise