२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

जुम्लाको सबै वडामा माओवादी केन्द्रको खबरदारी सभा

ADV
दिलमाया शाही
२०८१ कार्तिक २९ गते २२:२१
जुम्लाको सबै वडामा माओवादी केन्द्रको खबरदारी सभा

जुम्ला । नेकपा माओवादी जुम्लाले जिल्लाका सबै वडामा खबरदारी सभा गरेको छ । जुम्लाका ६० वटै वडामा सरकारले गरेको वेथिति र भष्ट्राचारविरुद्धको खबरदारी सभा गरिएको हो । 

पार्टीको केन्द्रीय सर्कुलर र जिल्लाले गरेको निर्णय अनुसार एकै साथ जिल्लाभरका वडामा कार्यक्रम गरेका हुन् । त्यस्तै जिल्ला संयोजक नवराज न्यौपानेका अनुसार सरकारले गरेका वेथितिविरुद्धको खबरदारी सभा गरिएको छ  । उनले  वडा–वडामा सरकारका वेथिति र भ्रष्ट्राचार विरुद्धमा ध्यानाकर्षणसहित कार्यक्रम गरी खबरदारी गरिएको जानकारी दिए  । 

उनका अनुसार सबै वडामा र्‍यालीसहित औपचारिक कार्यक्रम गरिएको छ । सहकारी ठगमाथि कारबाही गर,  सहकारी पीडितहरूको बचत रकम फिर्ता गर, एसपीपी सम्झौता चाहिँदैन, प्यालेस्टाइनमाथिको इजरायली आक्रमण बन्द गर,  सिन्जा सभ्यता विधेयक पारित गर, सन्जामा मालपोत र नापी कार्यालय स्थापना गर, स्याउ तथा ओखर विकास बोर्ड गठन गर, विपद् पीडितहरूको घर निर्माणको रकम भुक्तानी गर,  विद्युतको अरबौं बक्यौता असुल गर, नाग्म – गमगडी राजमार्ग कालोपत्र गर, शैक्षिक विकृति बन्द गर, शैक्षिक माफिया होसियार, जुम्लामा उच्च पर्वतीय विश्वविद्यालय स्थापना गर, जनता आवास तथा विपन्न नागरिकहरूको घर निर्माण गर लगायतका नारासहित र्‍याली कार्यक्रम शुरु गरिएको हो । 

त्यस्तै खबरदारी सभामा जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य नरेश भण्डारीले गुठिचौर गाउँपालिकाको वडा नम्बर ५ मा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गरेका थिए । सह–इन्चार्ज तथा केन्द्रीय सदस्य गोमा कुँवरले तातोपानी गाउँपालिकाको वडा नम्बर ७ मा सम्बोधन गरेकी थिइन् । 

माओवादी जिल्ला संयोजक नवराज न्यौपानेले तातोपानी गाउँपालिकाको वडा नम्बर ३ को सभामा सम्बोधन गरेका थिए । यसैगरी नेकपा माओवादी केन्द्रका  वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढाले हिमा गाउँपालिकाको वडा नम्बर १ को कार्यक्रममा सम्बोधन गरेकी थिइन् । 

त्यस्तै वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवाले सिँजा गाउँपालिका वडा १ नम्बरको सभालाई सम्बोधन गरेका  थिए । यसैगरी सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजा गाउँपालिकाको वडा नम्बर ३ र तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले तिला गाउँपालिकाको वडा नम्बर ७ मा सम्बोधन गरेका थिए । नेकपा माओवादी केन्द्रका अनुसार केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला, गाउँपालिका र वडापालिकाका नेताहरु यस पटक वडा–वडामा खटिएका थिए ।

त्यस्तै जिल्ला इन्चार्ज नरेश भण्डारीले कनकासुन्दरी गाउँपालिकामा भएको कार्यक्रममाबाट बाघले अभियान थालनी गरेको बताए ।  उनले भने त्यो कार्यक्रममा धेरै भरोसा मानेर जनप्रतिनिधिसहित ५ सय ८२ जना माओवादीमा प्रवेश गरेका बताउँदै अबको भरोसाको पार्टी नेकपा माओवादी रहेको बताए । 

माओवादी जुम्लाका सह–इन्चार्ज गोमा गौतम कुँवरले सरकारका वेथितिविरुद्ध माओवादीले खबरदारी सभा आयोजना गरिएको बताइन्  ।  माओवादी केन्द्र जुम्लाले पछिल्लो समयमा थालिएको रुपान्तरण अभियानसहित विभिन्न कार्यक्रम सक्रिय रुपमा  लागेको हो ।  

यसअघि माओवादीले पछिल्लो पटक कात्तिक ५ गते सिँजा क्षेत्रको कनकासुन्दरीमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित कार्यक्रममा बृहत जनसभा समेत सम्पन्न गरेको थियो ।   

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise