काठमाडौँ : बेलायतका राजकुमार एडवार्ड काठमाडौँ आइपुगेका छन् । उनी केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौँ आइपुगेका हुन् ।
उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
एडवर्ड विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास जाने तालिका छ । उनकी श्रीमती सोफिया बिहान साढे १० बजे नेपाल आइसकेकी छन् ।
नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । उनीहरूको नेपाल भ्रमण युवा सशक्तीकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।