२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

तिलासहित जुम्लाका ७ वटा स्थानीय तह साक्षर घोषणा

ADV
दिलमाया शाही
२०८१ मंसिर ४ गते २०:४२
तिलासहित जुम्लाका ७ वटा स्थानीय तह साक्षर घोषणा

जुम्ला : जुम्लाको तिला गाउँपालिकासहित ७ वटा स्थानीय तह साक्षर घोषणा गरिएको छ । यसअघि हिमा, सिंन्जा, पातारासी, तातोपानी, चन्दननाथ नगरपालिका र कनका सुन्दरी साक्षर घोषणा भइसकेका छन् । मंगलबार तिलासहित ७ वटा स्थानीय तह घोषणा भइसकेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । उनका गुठीचौर गाउँपालिका बाहेकका सबै स्थानीय तह साक्षर घोषणा गरिएको छ । उनले भने,‘हामी सारक्षर जिल्ला घोषण गर्न तयारी भइरहेको छ ।’  

त्यस्तै तिला गाउँपालिकाको कूल जनसंख्या १४ हजार ५ सय ३९ रहेकोमा १५ वर्षमाथि र ५९ वर्षमुनिका ८ सय ६७ जना नागरिक निरक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । उनले साक्षरता अभियानपछि ८ सय २७ जना नागरिक साक्षर बनेका छन् भने हाल तिलामा ४० जना नागरिक मात्रै निरक्षर रहेको तथ्यांकले देखाएको छ । उनका अनुसार आफ्नो नाम लेख्न सक्ने,घडि हेर्न सक्ने, मोबाइल चलाउन, ट्राफिक निययमको बारेमा थाहा पाउने लगायतका १२ वटा सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएमा साक्षर घोषणा गर्न मिल्ने प्रावधान छ ।

त्यस्तै तिला गाउँपालिकाका ९५.४ प्रतिशत नागरिक साक्षर भएको शिक्षा शाखाकी प्रमुख झनमाया खत्रीले बताइन् । उनका अनुसार दुई वर्षपहिलेदेखि पालिकाका ९ वटै वडामा गरिएको घरधुरी सर्वेक्षण र साक्षर कार्यक्रमपछि ९५.४ प्रतिशत नागरिक साक्षर भइपछि पालिका घोषणा गरिएको बताइन् ।

त्यस्तै साक्षर घोषणाका लागि तोकिएका १२ वटा सूचकमध्ये ८० प्रतिशतभन्दा बढी उपलब्धी हासिल भएको पालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनका अनसार तोकिएका १२ वटा सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । अध्यक्ष रोकायाले समय विकास क्रमसँगै गाउँघरमा चेतनाको विकास भएको बताए । 

त्यस्तै तिलामा जम्मा ३१ वटा सामुदायिक विद्यालय रहेको उपाध्यक्ष गोरीकला बुढाले बताइन् । उनले साक्षर पालिका घोषणा कार्यक्रम सफल पार्नका लागि आएका सबैलाई हार्दिक आभार व्यक्त गरिन् । तिला गाउँपालिका निवर्तमान अध्यक्ष रतननाथ योगी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेश मल्ल लगायतका व्यक्तिको सहभागिता थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise