२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

जुम्ला साक्षर जिल्ला घोषणा

ADV
दिलमाया शाही
२०८१ मंसिर १२ गते २१:१९
जुम्ला साक्षर जिल्ला घोषणा

जुम्ला : जुम्ला जिल्ला साक्षर घोषणा गरिएको छ । जुम्लाका आठैवटा स्थानीय तह साक्षरण घोषणा भइसकेपछि जिल्ला एक औपचारिक कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश बहादुर मल्लले जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर भएको बताए । उनका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशत भन्दामाथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ । जुम्लामा १५ देखि ६० उमेर समूहको ७२ हजार ३ सय १९ जन संख्या मध्ये ६९ हजार ४ सय ७७ जनाभन्दा धेरै नागरिक साक्षर रहेको तथ्यांकमा उल्लेख छ ।

’बहुभाषिक शिक्षाको प्रवद्र्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूख्य नारा तय गरिएको हो । प्रदेश सांसद शाहीले जिल्लालाई साक्षर जिल्लामात्रै घोषणा गरेर नभएर सबै जुम्लावासी शिक्षित बनाउनुपर्ने अभियानको समेत प्रारम्भ हुनुपर्ने  प्रदेशसभा सांसद देवेन्द्र बहादुर शाहीले बताए । उनले भने, ‘जिल्ला साक्षर हुनु राम्रो विषय हो  । र शिक्षित जिल्ला बनाउन नियमित लाग्नुपर्ने  आवश्यकता देखिएको छ । 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले साक्षरता अभियान सबै स्थानीय तहको घोषणा पत्र समेतको आधारमा जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए  । उनले साक्षर जिल्ला बनाउने अभियानमा दत्तचित्त भएर खटिने सबैको आभार ब्यक्त गरे । कार्यक्रममा साक्षरता अभियानमा साथ दिने व्यक्ति,  गैरसरकारी संस्था र निकायलाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो । राजनीतिक दल, शिक्षासँग सरोकार राख्ने निकायका व्यक्ति र जनप्रतिनिधिहरुको सहभागिता थियो ।  

ADVADV

सम्बन्धित खबर

Advertise