२०८१ चैत ४ गते सोमवार / Mar 17 , 2025 , Monday
२०८१ चैत ४ गते सोमवार
Ads

बाँकेमा सडक सुरक्षा तथा प्रभावकारी सचेतना कार्यक्रम

draupadi film
मध्यान्ह
२०८१ मंसिर १४ गते २०:५९
बाँकेमा सडक सुरक्षा तथा प्रभावकारी सचेतना कार्यक्रम

समिर शाही/मध्यान्ह

बाँके : बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले गत साउन १ गतेदेखि मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा ७ सय १३ पटक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । जसबाट ३१ हजार ३८ जना सर्वसाधारणहरु प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । 

सो अवधिमा साउन महिनामा १ सय ४४ पटक,भदौ महिनामा १ सय ३० पटक,असोज महिनामा १ सय ३३ पटक,कात्तिक महिनामा २ सय २८ पटक र मंसिर महिनामा ७८ पटक कार्यक्रम सञ्चालन गरेका छन् । यी कार्यक्रमबाट क्रमशः ६ हजार ८ सय ८८ जना,४ हजार १ सय ८८ जना, ५ हजार ७ सय ६६ जना,९ हजार ८ सय ५१ जना र २६ हजार ६ सय ९३ जना सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

कार्यालयले एकैपटक धेरै आमनागरिकका जनचेतना पु¥याउने हेतुले विभिन्न स्कूलहरूमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गराउँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुष्करराज पन्तले बताए । उनले यस कार्यक्रमलाई झन् प्रभावकारिता दिन विद्यार्थीलाई ट्राफिक नियम विशेष निबन्ध लेख्न पठाउने र उत्प्रेरणाको लागि उत्कृष्ट विद्यार्थीलाई उचित पुरस्कार प्रदान गर्ने बताए ।

यस्तै अव्यवस्थित रिक्सा नियन्त्रणका लागि बिना कागजातका अटो रिक्साको चेकजाँचमा थप सक्रिय गराउने, स्थानीय तहसँग समन्वय गरी अटो रिक्सा पार्किङको व्यवस्था मिलाउने तथा रिक्सा चालकलाई उचित प्रशिक्षण दिँदा दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने पन्तको अपेक्षा छ । साथै पन्तले जाडोयाममा हुस्सुले कारणले दुर्घटना नहुन लामो तथा छोटो दुरी चल्ने सवारीमा रिफलेक्टिभ स्ट्रिकरको टाँस गर्ने जानकारी दिएका छन् । 

साथै, जिल्लामा मोडिफाई गरेका मोटरसाइकललाई कम्पनीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । साथै आमनागरिकले यस्ता खालका बाइक देखेमा नजिकको प्रहरी कार्यालयमा वा एक सयमा डायल गरी जानकारी गराउन समेत पन्तले आग्रह गरेका छन् । 

पन्तले ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गर्दै आएतापनि आमनागरिकको लापरबाहीले पनि बेला बेला दुर्घटना हुँदै आएको हुनाले यसमा आमनागरिकले पनि सचेत रहिदिन अनुरोध गरे । 

जिल्ला ट्राफिक कार्यालय बाँकेले गत ५ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार ८ सय ५३ सवारीलाई कारबाही गरेको छ । जसबाट ९९ लाख सोह्र हजार राजश्व संकलन गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise