२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

ADV
मध्यान्ह
२०८१ मंसिर १८ गते १६:३१
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

काठमाडौं : सन् २०२४ का लागि बीबीसीले संसारभरिबाट सार्वजनिक गरेको १०० प्रेरक र प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छिन् ।

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा अटाएकी बागलुङकी आचार्य दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पु¥याउँदै आएकी छन् ।

आचार्य फोहर व्यवस्थापन र दिगो विकास क्षेत्रमा कार्यरत एक प्रमुख उद्यमी हुन् । उनले नेपालमा प्लास्टिक पुनः प्रयोग र हरित क्षेत्रको प्रवद्र्धधन गर्दै आएकी छन् । 

उनी ‘अभ्नी भेन्चर्स’ नामक संस्थाको संस्थापक हुन्, जसले सीमान्तकृत समुदायका सदस्यलाई रोजगारको अवसर प्रदान गर्दै प्लास्टिक फोहोर व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।  

प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्वपूर्ण भूमिका खेलेकी बीबीसीले उल्लेख गरेको छ । उद्यमशीलतालाई वातावरणीय न्याससँग जोड्नुपर्नेमा जोड दिने उनले काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आएकी छन् । वातावरण संरक्षणमा नीति निर्माणसम्म सक्रिय उनको कम्पनी  ग्रामीण र शहरी क्षेत्रमा वातावरणीय प्रभावलाई कम गर्न स्थानीय तहमा काम गरिरहेको छ ।

आचार्यको नेतृत्वमा ‘धन्यवाद, म आफैँ झोला बोक्छु’ अभियानले प्लास्टिक झोलाको प्रयोगलाई घटाउन योगदान दिएको छ । यस अभियानले नेपालमा प्लास्टिकको प्रयोगमा ठूलो कमी ल्याएको छ । उनले हिमालय सफाइ अभियानको पनि नेतृत्व गरेकी थिइन् । जसमा ११९ टन फोहर संकलन गरिएको थियो ।  

उनको कार्यले आदिवासी महिलाहरूसम्म फोहरबाट बनेका शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्ना जीवनस्तरलाई सुधार गर्न मद्दत पु¥याएको छ ।

सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन लगायतका प्रसिद्ध महिला नेताहरू पनि समावेश छन् ।

यसैगरी भारतकी फोटोग्राफर आरती राव, कुस्ती खेलाडी विनेश फोगाट, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, बंगलादेशकी जलनपीडित अभियानकर्ता जन्नतुल फिर्दौस लगायत छन् ।

बीबीसीले दिल्ली सामूहिक बलात्कारको घटनापछि सन् २०१३ देखि यो प्रभावशाली र प्ररेक १०० महिलाको सूची सार्वजनिक गर्न सुरु गरेको थियो । यो सूचीमा सन् २०२३ मा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी थिइन् ।

यसैगरी सन् २०२० मा नेपालकी सपना रोकामगर पनि बीबीसीको १०० महिलाको सूचीमा परेकी थिइन् । सपना बेवारिसे शव व्यवस्थापनमा क्रियाशील छिन् ।

यसैगरी छुवाछुतविरुद्ध सक्रिय उमा बादी, आरोही लाक्पा शेर्पा र पूर्वकुमारीहरूको सहयोगका लागि सक्रिय चनिरा बज्राचार्य लगायत पनि परेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise