२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

रौतहटको चन्द्रपुरमा सवारी चार्जिङ स्टेशन संचालन

shivam cement
मनोज साह
२०८१ मंसिर २० गते १८:१९
रौतहटको चन्द्रपुरमा सवारी चार्जिङ स्टेशन संचालन

रौतहटः रौतहटको चन्द्रपुर नगरपालिकामा मधेस प्रदेशकै ठूलो विद्युतीय सवारी चार्जिङ स्टेसन बिहीबारबाट औपचारिक रुपमा संचालनमा आएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेको स्टेसनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादव र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

चार्जिङ स्टेसनको उदघाटन गर्दै नेता यादवले विद्युतीय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुँदा देशैभरी विद्युतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखेका थिए । यादवले  विद्युतीय सवारी साधनको माग बढिरहेको अवस्थामा यस्ता चार्जिङ स्टेशनहरु चोक–चोकमा संचालन गर्नुपर्ने भनाइ राखे ।

कार्यक्रममा चन्द्रपुर नगरपालिकामा नगर प्रमुख काफ्लेले चन्द्रपुरमा सुविधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरवको कुरा भएको बताए । विद्युतीय सवारी साधनले गर्दा पेट्रोलियम पदार्थको माग कटौती हुन गइ प्राकृतिक सम्पतिको सदुपयोग हुने नगर प्रमुख काफ्लेको भनाइ थियो । उनले चन्द्रपुर क्षेत्र भित्रका विद्युतीय गाडी र यस क्षेत्रको राजमार्ग हुँदै चल्ने सवारी साधनलाई पनि स्टेशनले लाभ दिने बताए ।

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा २ करोड ७२ लाख रुपैयाँको लागतमा निमार्ण भएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिएका छन् । चार्जिङ स्टेशनको बाँकी भागमा होल्डिङ सेन्टर निर्माण गर्ने योजना रहेको तिवारीले बताए । विद्युतीय चार्जिङ स्टेशनमा साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्दछ भने नेपालमा उपलब्ध रहेका विद्युतीय सवारी साधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा पूर्ण चार्ज भइ गुडाउने मिल्ने पनि उनको भनाइ थियो ।

स्थानीय सरकारले सामाजिक एवम् भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा मधेश प्रदेश सरकारसँग मिलेर चार्जिङ सेन्टरको निर्माण गरेको तिवारीले बताएका छन् । विद्युतीय सवारी साधनले वातावरण प्रदुषण हुन नदिने भएकाले पनि यसको बढ्दो मागलाई ध्यानमा राखेर समय सापेक्ष संचालन गरिँदै जाने उनको भनाइ छ । एक पटकमा ४ वटा चारपांग्रे गाडी, तीनपांग्रे ११ वटा गरेर १५ वटा चार्जिङ प्वाइन्ट रहेको उक्त चार्जिङ स्टेशन ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंका प्रवन्ध निर्देश्क देवराज अधिकारीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरेका थिए । सो चार्जिङ सेन्टेरमा यात्रुहरुका लागि पार्कसहित रिफ्रेसमेन्ट सेन्टर पनि निर्माण भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise