२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

शितगंगा नगरपालिकाले गाँजा खेतीको अध्ययन गर्ने 

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ असार ७ गते २१:०७
शितगंगा नगरपालिकाले गाँजा खेतीको अध्ययन गर्ने 

अर्घाखाँची : शितगंगा नगरपालिका अर्घाखाँचीले सीप तथा रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार नगरसभाको १५औँ अधिवेशनमा नगर प्रमुख  छबिलाल पौडेलले स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको नगर बनाइ विकास गर्ने गरी नीति कार्यक्रम सार्वजनिक गरेका हुन् ।  उनले शितगंगालाई  सबै जातजातिले अपनत्व गर्न सक्ने साझा सांस्कृतिक नगरको रुपमा स्थापित गर्ने र पर्यटकीय हब बनाउने गरी नीति अगाडि सारिएको बताए । 

त्यस्तै, माध्यमिक तहका प्रधानाध्यापकहरुको हरेक ३–३ वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरुलाई समान तहको स्तरमा पु¥याउन अन्तरविद्यालय अनुभव आदान–प्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबीच नियमित छलफल सञ्चालन गर्ने नीति अगाडि सारेको नगर उपप्रमुख गिता भाटले बताइन् ।

यस्तै किसानले उत्पादन गरेको कृषि सामग्री नगरपालिकाले  अनुदान दिने र नगरपालिकामा अत्याधिक उत्पादन हुने लोकल महलाई स्थानीय ब्रान्ड बनाएर बिक्री वितरण गरी आयआर्जन वृद्धि गर्ने तथा नगरपालिकामा गाँजा खेतीको लागि सम्भाव्यता अध्ययन शुरु गर्ने, नगरपालिकालाई दूध र मासु तरकारीमा आत्मनिर्भर बनाउने गाईभैँसी, भेडा बाख्रालाई निःशुल्क खोप लगाउने, सूर्यओडार लुम्बिनी सर्किट निमार्ण गर्न पहल गरी मुसियानमा ईको पार्क निर्माणका लागि अध्ययन गर्ने, बास, नियालो,थाकलबाट हस्तकलाका सामग्री बनाएर सुपादेउराली आउने पर्यटकलाई बिक्री गर्ने नीति  तथा कार्यक्रममा समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

मौवाको व्राण्डिङ हरेक वर्षको नीति कार्यकममा जस्तै अहिले पनि रहेको छ । कम विद्यार्थी भएका विद्यालय एकीकृत गरिने, एक वडा एक मेघा विद्यालय सञ्चालन गर्ने, गुणस्तरीय शिक्षा हामी सबैको इच्छा नारासहित पढ्दै कमाउँदै गर्ने विद्यालयलाई प्राथमिकता दिने, बालिविज्ञान पढ्न आउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति कार्यक्रममा उल्लेख्य गरिएको योजना अधिकृत नुमलाल खनालले बताए ।

अशक्त नागरिकसँग नगरप्रमुख कार्यक्रम ७० वर्षमाथि अशक्तहरुको घरमै उपचार व्यवस्थापन गरिने, वडा नम्बर ११बाट एकीकृत वस्ती विकासको योजना छलफल गरिने, नगर क्षेत्रको कालोपत्रे क्षेत्रमा नयाँ भवन बनाउँदा अनिवार्य नक्सा पास गर्नु पर्ने व्यवस्था गर्ने उल्लेख्य छ ।

ADV

सम्बन्धित खबर

Advertise