२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’

Nada
२०८३ मंसिर ८ गते २१:०७
Shares
धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’

काठमाडौं : नबिल बैंकले धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’को सञ्चालन गरेको छ । नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनस्र्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो ।

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरेका हुन् ।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’अन्तर्गत सहयोग प्राप्त यस वार्डले जलनका बिरामीलाई गुणस्तरीय, विशेषज्ञतायुक्त तथा बिरामीकेन्द्रित उपचार सेवा प्रदान गर्न धुलिखेल अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

यस पहलमार्फत यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरमार्फत नबिल केयरले गर्दै आएको सहयोगलाई थप विस्तार गरेको छ ।

नेपालमा जलनका घटना अझै पनि महत्त्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन् । यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारका साथै विशिष्टीकृत चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनस्र्थापना र मनोसामाजिक सहयोगको आवश्यकता पर्दछ । नबिल बर्न केयर वार्डको स्थापनाले यस्ता सेवामा बिरामीको पहुँच सहज बनाउनुका साथै नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मूल मान्यताबाट निर्देशित धुलिखेल अस्पतालले लामो समयदेखि सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकका सञ्चालक समितिको अध्यक्ष चौधरीले समाजका महत्त्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । उनले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले जलनसम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए । ‘विशिष्टीकृत जलन उपचार सेवामा पहुँच अझै पनि धेरै नेपालीका लागि चुनौतीपूर्ण रहेको अवस्थामा धुलिखेल अस्पतालसँगको सहकार्यमार्फत हामी जलन उपचार सेवालाई थप सुदृढ गर्दै उपचार आवश्यक भएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न चाहन्छौं,’ सिइओ ज्ञवालीले भने ।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले नबिल बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर