२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहटका चार पालिकाले सार्वजनिक गरे बजेट

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ७ गते २१:१७
रौतहटका चार पालिकाले सार्वजनिक गरे बजेट

रौतहट : रौतहटको चार पालिकाले नगर अधिवेशन सम्पन्न गरेको छ । आगामी आर्थिकको बजेट नीति तथा कार्यक्रम असार महिनाको १० गतेभित्र ल्याइ सक्नुपर्ने कानूनी प्रावधान अन्तर्गत स्थानीय पालिकाले बजेट अधिवेशन गर्न लागिएको हो । 

असार ५ गते कटहरिया नगरपालिका आर्थिक वर्ष २०८१/०८२ को लागि ४६ करोड बजेट विनियोजन गर्दै नगर सभा सम्पन्न गरेको थियो । ६ गते गरुडा नगरपालिकाले ७० करोड बजेट विनियोजन गर्दै बजेट अधिवेशन सम्पन्न गरेका छ । 

असार ७ गते गौर नगर पालिकाले आयोजना गरेका नगर सभामा समाचार संकलन गर्ने उद्देश्यले पुगेका स्थानीय सञ्चारकर्मीलाई कार्यक्रममा प्रवेशमा रोक लगाएको थियो । नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर सभामा कार्यपालिका सदस्य, नगर सभा सदस्यको उपस्थिति रहेको थियो ।

त्यसैगरी चन्द्रपुर नगरपालिकाले १ अर्ब ८ करोड बजेट विनियोजन गर्दै  नगर सभा सम्पन्न गरेसँगै जिल्लाको ४ पालिकाको बजेट अधिवेशन सकिएको हो । 

स्थानीय पालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरिएको छैन । रौतहटको शिक्षा, स्वास्थ्य, अवस्था कमजोर रहेको देखिएपनि पालिकाले जति पूर्वाधार  विकासको क्षेत्रमा बजेट विनियोजन गरेको हुन्छ, त्यसको अपेक्षा सामाजिक विकास, आर्थिक समृद्धि, वातावरण मैत्री विकासमा लगानी गरेको देखिँदैन ।

वातावरणमा देखिएका असरलाई रोक्नको लागि बोटबिरुवा रोप्नुपर्ने आवश्यक देखिएपनि पालिकाले सार्वजनिक जग्गा तथा निजी जग्गामा वातावरण स्वच्छ बनाउनको लागि हरियो वातावरण मैत्री बनाउनुपर्ने नीति लिनुपर्ने जरुरी रहेको छ ।

पालिकाले ल्याएको नीति कार्यक्रममा बेरोजगारी समस्या समाधानको लागि उद्योग, कलकारखाना स्थापना गर्ने बजेट प्रस्तुत गर्न सकिएको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise