२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

मह नबिकेपछि प्यूठान, अर्घाखाँचीका मौरीपालक किसान चिन्तित

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष १ गते २०:११
Shares
मह नबिकेपछि प्यूठान, अर्घाखाँचीका मौरीपालक किसान चिन्तित

प्यूठान : प्यूठानमा वर्षेनी मह बेचेर राम्रो कमाइ गर्ने सरुमारानी गाउँपालिका–४ मान्द्रेका हुमबहादुर थापाको घरमा अघिल्लो वर्षकै २५ क्वीन्टल मह थन्किएको छ ।  उनी गत वर्षको मह नै  नबेची यस वर्षको मह उत्पादनमा लागेका छन् । तर, मह बेच्न नसक्दा उनी चिन्तित देखिन्छन् । यस वर्ष गाउँभरी मह उत्पादन भएको भएपनि बिक्रीवितरण भएको छैन ।

ncell

गत वर्षको उत्पादन नै घरमा रहेकाले यो वर्ष उत्पादित महले पनि बजार नपाउने चिन्ता थपिएको उनले बताए । ‘यो वर्ष पनि मह बिक्री हुने सम्भावना कम छ । गत वर्षको अहिलेसम्म मह बिक्री भएको छैन’ थापाले भने, ‘के गर्नु उत्पादन भएको मह नै बिक्दैन । घरमा राख्नुपरेको छ, मह बेचेर छोराछोरीलाई फि हाल्नु थियोे । अहिले मह स्टक राख्नुपर्ने बाध्यताले केटाकेटीको फि हाल्न सकेको छैन । मह बिक्रीवितरण गर्न समस्या छ ।’

पछिल्लो दुई वर्षदेखि उत्पादित महको बिक्रीमा समस्या देखिएको उनको भनाइ छ । मलेसियाबाट फर्किएर २०७० सालदेखि गाउँमै व्यावसायिक रुपमा मौरीपालन गरेका थापाको हाल एक सय आधुनिक घार मौरी छ । 

यी घारबाट वर्षमा करिब ५० देखि ५५ क्वीन्टलसम्म मह उत्पादन हुन्छ । मौरीपालक किसान महासंघ प्यूठानका अध्यक्ष रहेका थापाले भने,‘मह उत्पादन राम्रो छ, तर बिक्रीका लागि बजार छैन ।’ भारतबाट सस्तो मूल्यमा आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको उनले गुनासो गरे । 

थापा जस्तै सरुमारानी–४ का टीकाराम पल्लीले २३ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् । अहिलेसम्म उनले मह बिकेन भन्नुपरेको थिएन । तर, गत वर्षदेखि उनलाई मह बेच्न सकस परिरहेको छ । जिल्लाभर ११ हजार ७९६ मौरीका घार रहेका छन् । किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । नेपाल मौरीपालक महासंघका अध्यक्ष थापाका अनुसार जिल्लामा हाल ३५ हजार किलो मह बिक्री नभएर थन्किएको तथ्यांक छ ।

ताजा खबर

सम्बन्धित खबर